प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रलोभन आएको हो: माधव कुमार नेपाल

१९ जेष्ठ २०७९, बिहीबार १७:३०

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले माओवदी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने लोभ र प्रलोभन आएको बताएका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा नेपाल पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । सत्ता गठबन्धनभित्र खटपट भएपनि योे गठबन्धन अर्काे प्रदेश स्तरीय निर्वाचन सम्म जाने नेता नेपालले बताएका छन् ।

नेता नेपालले अहंकार भएको पाटीको विनाश हुनु बाहेक अरु केही नहुने पनि दाबी गरेका छन् । नेकपा एकीकृत समाजवादी पाटीले स्थानीय तहको निर्वाचनमा पोखरा र हेटौंडाको मेयर जित्नु गर्वको विषय भएको नेता नेपालले उल्लेख गरे ।