गत आइतबार तारा एयरको जहाज दुर्घटनामा परी ज्यान गुमाएका एकै परिवारका सात जनाको आज अन्तिम संस्कार गरिएको छ ।
पोखराबाट जोमसोमका लागि उडेको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना भएको थियो । उक्त दुर्घटना भएको जहाजमा २२ यात्रु मध्यका ७ जना धनुषाका मकरबहादुर तामाङ, सुकुमाया तामाङ, राजन गोले, इन्द्रबहादुर गोले, राममाया गोले, पुरुषोत्तम गोले र तुलसादेवी तामाङको मृत्यु भएको थियो ।
शवको पोस्टमार्टम सकिएपछि बिहीबार टिचिङ अस्पतालबाट आफन्तलाई शव हस्तान्तरण गरिएको थियो । शव हस्तान्तरण गरेलगत्तै मृतकको अन्तिम संस्कार गरिएको हो । स्वयम्भूमा गरिएको अन्तिम संस्कारमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पुगेर पार्टीको धनुषा जिल्ला कमिटीका सदस्य रहेका राजन गोलेको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।
आइतबार ९ः ५५ बजे पोखराबाट जोमसोमका लागि उडेको जहाज १० : ७ मा सम्पर्कविहीन भएको थियो ।
