सामाजिक सुरक्षा भत्ता कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू र आफ्नो परिवारमा कसैले पनि आजसम्म नलिएको बताएका छन् ।
उनले सामाजिक सुरक्षा भत्ता अभाव नहुनेहरूले त्यो सुविधा उपयोग गर्न नहुने भन्दै बिहीवार यस्तो बताएका हुन् ।
उनले भनेका छन्, सामाजिक सुरक्षा भत्ता अशक्त र अभावमा रहनेहरूका लागि हो । त्यसकारणले सामाजिक सुरक्षा भत्ता अभाव नहुनेहरुले त्यो सुविधा उपयोग गर्नु हुँदैन । म र मेरो परिवारमा कसैले पनि आजसम्म सामाजिक सुरक्षा भत्ता लिएका छैनौं । यो सुविधाको उपयोग गर्दा आफ्नो जीवनस्तरसँग दाँजेर मात्र गर्न राम्रो हो ।
यस्तै गाउँपालिकाको कार्यपालिका सदस्यमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोपमा दाङको बबई गाउँपालिकाका उपाध्यक्ष सहित ६ नेतामाथि कारवाहीका लागि सिफारिस गरिएको छ। नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्का सहित पार्टीका नेताहरूले कार्यपालिका सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई सघाएको आरोपमा उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारवाहीका लागि जिल्ला समितिमा सिफारिस गरिएको हो।
