प्रधानमनत्री शेरबहादुर देउवासँग काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले भेट गरेका छन् ।
प्रधानमन्त्री देउवाले बालेनलाई भेटमा बधाई दिँदै पाँचवर्षे कार्यकालमा आफ्नो पूर्ण समर्थन र सहयोग हुने प्रतिबद्धता जनाएका थिए ।
तपाईंले चमत्कार गर्नुभयो, म खुशी छु,’ भेटमा प्रधानमनत्रीले भने, ‘५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ । मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ।’
महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत रहेको र विकासको काममा सहयोग आफ्नो सहयोग हुने प्रधनमन्त्रीको भनाइ थियो ।
देउवाले भने, ‘फोहोर व्यवस्थापनको लागि जे–जे उपाय छ लगाउनुहोला, केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’
यसअघि बालेनले महानगरको मतगणना चलिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । उनको सो भेटबारे विभिन्न टीकाटिप्पणी सुरु भए थियो ।
यस्तै पालिका चुनावका बेला अन्तर्घात गरेको आरोपमा तीन जना कार्यकर्तालाई नेकपा एमाले कास्कीले कारबाही गरेको छ ।
