एमालेको प्यानल नै पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा विजयी

१८ जेष्ठ २०७९, बुधबार १६:४६

एमालेको प्यानल नै पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा विजयी भएका छन् । कार्यपालिका सदस्यमा आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् ।

पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा विजयी हुनेमा महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए ।

दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

यस्तै प्रदेश सभाको र प्रतिनिधि सभाको निर्वाचनमा पनि आफूहरू गठबन्धन गरेर जाने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । एमाले जस्तै अहंकार कांग्रेसमा पनि पलाउन लागेकोले चिन्ता लागेको उनले बताए ।