सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर सङ्खुवासभामा दुई मजदुरको मृत्यु

१८ जेष्ठ २०७९, बुधबार १३:३७

सुक्खा पहिरोले पुरिएर सङ्खुवासभाको चैनपुर मा दुई जनाको मृत्यु भएको छ ।

सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर सङ्खुवासभाको चैनपुर नगरपालिका १ नुनढाकीमा दुई मजदुरको मृत्यु भएको हो । उनीहरुको चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिराले पुरिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

आज बिहान ११ बजे चैनपुर–नुनढाकी सडकखण्डमा तारजाली लगाउने क्रममा ३० मिटरमाथिबाट खसेको सुक्खा सुक्खा पहिरोले पुरिएर धरानका राई र उदयपुरका मगरको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले बताए ।

चैनपुरको सिद्धपोखरीदेखि नुनढाकीसम्मको १९ किलोमिटर अमर कन्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ गएको छ ।

पहिरोमा पुरिएर मृत्युहरु सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का २० वर्षीय हिमबहादुर मगर रहेको प्रहरी स्रोतले जनाएको छ ।