अर्थमन्त्री जनर्दानशर्माले आर्थिक वर्ष २०७९/०८० को अनुमानित आयव्यय विवरणमा एमाले सचिव योगेशकुमार भट्टराईले आपत्ति जनाएका छन्।
एमाले सचिव योगेशकुमार भट्टराईले आर्थिक वर्ष २०७९/०८० को अनुमानित आयव्यय विवरणमा शिक्षा र स्वास्थ्य क्षेत्रका बजेट नबढाएको भन्दै आपत्ति जनाएका हुन्।
जेठ १७ गते प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै भट्टराईले शिक्षामा बजेट नबढाइएको र स्वास्थ्यको बजेट गएको वर्षमा भन्दा घटाएको बताए।
“टिकटकमा अर्थमन्त्रीज्युको भिडियो आएको छ। त्यसमा उहाँले भन्नुभएको छ–शिक्षा र स्वास्थ्यको बजेट किन बढाइएन भन्ने सन्दर्भमा उहाँले उत्तर दिनुभएको छ–त्यसमा बजेट किन बढाइन भने कमिसन आउँदैन्” नेता भट्टराईले बैठकमा भने्,“अर्थमन्त्रीज्यू, यसपटक पनि कमिशन नआउने भएरै शिक्षा–स्वास्थ्यको बजेट नबढेको हो ?”
यस्तै अर्थमन्त्री जनार्दन शर्मामाथि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षा भत्ता पाँच हजार किन नपुर्याएको भन्दै प्रश्न उठाएका छन्। पौडेलले मंगलबार प्रतिनिधि सभाको बैठकमा जारी बजेटमाथि छलफलमा सहभागी हुँदै बजेटमा वितरणमुखी कार्यक्रमहरू भएको भन्दै सो विषयलाई भने किन छाडिएको भन्दै प्रश्न उठाएका हुन्।
