अर्थमन्त्री शर्मालाई एमालेका उपाध्यक्ष पौडेलले गरे यस्तो प्रश्न ?

१७ जेष्ठ २०७९, मंगलवार १२:५७

अर्थमन्त्री जनार्दन शर्मामाथि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सुरक्षा भत्ता पाँच हजार किन नपुर्‍याएको भन्दै प्रश्न उठाएका छन्।

पौडेलले मंगलबार प्रतिनिधि सभाको बैठकमा जारी बजेटमाथि छलफलमा सहभागी हुँदै उनले बजेटमा वितरणमुखी कार्यक्रमहरू भएको भन्दै सो विषयलाई भने किन छाडिएको भन्दै प्रश्न उठाएका हुन्।

‘यता बाँड्ने, त्यता बाँड्ने, उता बाँड्ने। पर्याप्त मात्रामा वितरणमुखी छ यो कार्यक्रम। सबैतिर वितरण नै वितरण छन्। धेरै उदारमना नेतृत्व पाएको छ, बजेटले भन्ने कुरा छर्लङ्ग छ। तर, यति धेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था हो भनेदेखि सामाजिक सुरक्षा भत्ता पाँच हजार किन नपुर्‍याएको ?’, उनले प्रश्न गरे।

पौडेलले चुनावमा एमाले र माओवादीले संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गरेको स्मरण गराउँदै त्यसमा आफूहरूले सुरक्षा भत्ता पाँच वर्षमा पाँच हजार पुर्‍याउने भनेर दाबी गरेको बताए।

पौडेलले यति धेरै वितरणमुखी बजेट अघि सार्न सक्ने सरकारले एक ढंगले जनतासँग गरिएको प्रतिबद्धतालाई किन अनुशरण नगरिएकोरु भन्दै प्रश्न दोहोर्‍याए। उनको प्रश्न छ, ‘किन सामाजिक सुरक्षा भत्तालाई पाँच हजार बनाउने जिम्मेवारीबाट पन्छिएको ?’

यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा एसका सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभबीच भेट भएको छ ।
उनीहरु बीच भेटवार्ता खनाल निवास डल्लुमा आज बिहान भएको हो । भेटमा राजदूत नोभिकोलाई स्वागत गर्दै नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो समयदेखि राम्रो सम्बन्ध भएको र अझै विकास हुने विश्वास व्यक्त गरे।