प्रचण्डले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरु प्रति विज्ञप्ति मार्फत श्रद्धाञ्जली दिए

१६ जेष्ठ २०७९, सोमबार १६:२८

नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तारा एयर ९एन एइटी जहाज दुर्घटनामा परी ज्यान गुमाएकाहरु प्रति विज्ञप्ति मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले लेखेका छन् ।

हार्दिक श्रद्धाञ्जली
पोखराबाट मुस्ताङ जिल्लाको जोमसोम जाने क्रममा आइतबार बिहान थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेकको सानोसोरा भन्ने स्थानमा तारा एयरको जहाज दुर्घटनाग्रस्त हुँदा चालक दलका तीन सदस्य र १९ जना यात्रुहरुको निधन भएको खबरले मर्माहत भएको छु ।
यस दुखद् घटनामा परी निधन हुनुभएका विमान कर्मचारी र सम्पूर्ण यात्रुहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । उहाँहरुका शोकाकूल परिवारजन तथा आफन्तजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।
भौगोलिक विकटताका बाबजुद नेपालमा हवाई यात्रा सुरक्षित र भरपर्दो हुँदाहुँदै पनि बेलाबेलामा हुने दुर्घटनाले केही गम्भीर प्रश्न खडा गर्ने गरेका छन् । यसप्रकारका दुर्घटनाको कारण पत्ता लगाई आवश्यक सावधानी र सचेतना अपनाउन पनि म सम्बन्धित सबैमा अपील गर्न चाहन्छु । यसबाट दुर्घटनाको न्यूनीकरण र जनधनको क्षति कम गर्न सकिने विश्वास लिएको छु । साथै, यस दुर्घटनाको अनुसन्धानका लागि एक टोली बनाई सत्यतथ्य जनसमक्ष ल्याउन पनि म सरकारसँग विशेष आग्रह गर्दछु ।
१६ जेठ, २०७९
…………………………..
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष
May be an image of text