तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव संकलन

१६ जेष्ठ २०७९, सोमबार १५:२५

आइतबार बिहान पोखराबाट ९ः५५ बजे जोमसोमका लागि उडान भरेको ९ एन एईटी जहाज बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो ।

उक्त सम्पर्कविहीन भएको जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ स्थित पटकेलेक, सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा जहाज भेटिएको हो । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको शव संकलन भइरहेको छ । थासाङ गाउँपालिकाका अध्यक्ष प्रतिप गौचनले अझै पुरै शव नभेटिएको बताएका छन् ।

उनका अनुसार अहिलेसम्म १५ शव घटनास्थलबाट सुरक्षित ठाउँमा लगिएको छ । तीमध्ये ४ वटा पहिचान गर्न नसकिने अवस्थामा छ ।
केही इन्जिनमा च्यापिएकाले शव निकाल्न समय लागेको छ’, उनले भने ।

उक्त जहाजमा चालक दलका तीन जना सदस्य १३ जना नेपाली, ४ भारतीय नागरिक र २ जना विदेशी गरी जम्मा २२ जना सवार थिए ।