१५ सय सीसीमाथिका पेट्रोल-डिजेल गाडीमा अन्तशुल्क बढ्यो

१६ जेष्ठ २०७९, सोमबार ०६:३०


सरकारले एक हजार ५०० सीसीमाथिका गाडीमा अन्तशुल्क बढाएको छ।

हजार सीसी कमका गाडीमा ६० प्रतिशत, १५ सय सीसीका गाडीमा ६५ प्रतिशत अन्तशुल्क यथावत रहेको छ।

१५ सयदेखि २ हजार सीसीसम्मका ७० प्रतिशत रहेकोमा ७५ प्रतिशत पुर्याएको छ।
२ हजार सीसीदेखि २५ सय सीसीसम्मका गाडीमा ८० प्रतिशत रहेकोमा ८५ प्रतिशत पुर्याएको छ।

२५ सयदेखि ३००० सीसीम्मका ९० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्थामा अब ९५ प्रतिशत लाग्ने छ।

३ हजार सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क अब १०५ प्रतिशत पुगेको छ।

डिजेल इन्जिनका १५ सय सीसीसम्मका ६० प्रतिशत यथावत रहेको छ।

१५ सयदेखि २ हजार सीसीसम्मका ७० रहेकोमा ७५ प्रतिशत, २ हजारदेखि २५ सय सीसीसम्मका ८५ प्रतिशतबाट ९० प्रतिशत रहेका छन्।

२५ सय सीसीमाथिका गाडीमा १०० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था रहेकोमा अब १०५ प्रतिशत लाग्ने छ।

भन्सार महशुल सबै गाडीमा ८० प्रतिशत लाग्दै आएको छ। उक्त व्यवस्था परिवर्तन गरेको छैन।