व्यक्तिगत आयकरको सीमा ५ लाख, दम्पतीको हकमा ६ लाख

१६ जेष्ठ २०७९, सोमबार ०६:२८


सरकारले प्राकृतिक व्यक्तिको हकमा आयकरको सीमा ५ लाख र दम्पतीको हकमा ६ लाख रुपैयाँ निर्धारण गरेको छ।

चालू आर्थिक वर्षको लागि सरकारले एकल व्यक्तिको लागि लागू हुने करको दर ४ लाख र दम्पतीको लागि ४ लाख ५० हजारसम्म १ प्रतिशतका दरले कर लाग्दै आएको छ।

व्यक्ति वा दम्पतीले जति आम्दानी गरे पनि न्यूनतम सीमासम्मको १ प्रतिशत र त्यहाँभन्दा माथि १०, २० र ३० प्रतिशतसम्म कर तिर्नुपर्थ्यो।

हालको व्यवस्थाअनुसार एकल व्यक्तिले ४ लाखदेखि ५ लाख र दम्पतीले ४ लाख ५० हजारदेखि ५ लाख ५० हजारसम्म कमाएमा १० प्रतिशत तिर्नुपथ्र्यो। उदाहरणको लागि चालू आवसम्मको व्यवस्थाअनुसार ४ लाखसम्म कमाउनेले ४ हजार र थप १ लाखको १० प्रतिशत कर तिर्नुपर्छ।

एकल व्यक्तिले ५ लाखदेखि ७ लाखसम्म र दम्पतीको ५ लाख ५० हजारदेखि ७ लाख ५० हजार आम्दानी गर्नेले न्यूनतम सीमा बढीको आम्दानीमा २० प्रतिशत कर तिर्नुपर्छ।

एकल व्यक्तिको ७ लाखदेखि २० लाखसम्म र दम्पतीले ७ लाख ५० हजारदेखि २० लाखसम्मकाले ३० प्रतिशतसम्म कर तिर्नुपर्ने व्यवस्था छ।

२० लाखमाथिको आम्दानी गर्ने व्यक्ति वा दम्पतीले न्यूनतमपछिको आम्दानीमा ३६ प्रतिशतसम्म कर तिर्नुपर्छ।