पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ ।
सम्पर्कविहीन भएको जहाज खोज्न परिचालन गरिएको हेलिकोप्टरले पनि जहाज पत्ता लगाउन नसकेको बताइएको छ । उक्त सम्पर्कबिहिन भएको जहाजमा तीन जना चालक दलसहित १९ जना यात्रु सवार थिए । तारा एयरको जहाज बिहान १० बजेर १० मिनेटदेखि सम्पर्कमा छैन ।
लेते र टीटीको डाँडातिरबाट सम्पर्कविहीन भएको भनिएको जहाज त्यो क्षेत्रमा पनि नभेटिएको तारा एयर स्रोतले जानकारी दिएको छ ।
प्रदेश सांसद महेन्द्र थकालीले लेते र टीटीको डाँडा क्षेत्रमा रहेका स्थानीयसँग आफूले कुरा गरेको बताउँदै त्यस क्षेत्रमा अहिलेसम्म जहाजको बारेमा कुनै जानकारी नभएको बताए ।
“त्यो क्षेत्रका स्थानीयले जहाज घुमेर काभ्रको भीरतिर छिरेको भन्ने जानकारी दिएका छन्,” उनले भने त्यसक्षेत्रमा बाक्लो बादलसहित पानी परिरहेकाले पनि जहाजको बारेमा केही जानकारी प्राप्त भएको छैन ।
उक्त हराइरहेको जहाजमा तीन चालक दलसहित तीन जना विदेशी, तीन जना भारतीय र तेह्र जना नेपाली सवार थिए ।
