काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन र उपमेयर सुनिताले भोलिं शपथ ग्रहण गर्ने

१५ जेष्ठ २०७९, आईतवार ११:१९

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोल सहितका जनप्रतिनिधिहरूले भोलिं शपथ ग्रहण गर्ने भएका छन् ।

भोलि बिहान ११ बजेतिर काठमाडौं महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिए । त्यसपछि मेयर साहले उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराउने छन् ।

सूचना अधिकारी आचार्यका अनुसार मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण सोमबार राष्ट्रिय सभागृहमा हुनेछ । त्यसलगत्तै मेयर साह र उपमेयर डंगोलले पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिद्धन्दहरु गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेबाट उम्मेदवार बनेका केशव स्थापितलाई पराजित गर्दै मेयरमा विजयी भएका थिए ।