बस दुर्घटनामा परी भारती सैनिक सात जनाले ज्यान गुमाए

१४ जेष्ठ २०७९, शनिबार ११:४१

बस दुर्घटनामा परी भारती सैनिक १९ जना घाइते र सात जनाले ज्यान गुमाए ।

भारतको लद्दाखमा बस दुर्घटना हुँदा सात जना भारतीय सैनिकको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।
लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बोकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेको आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ ।