ओलीको अभिव्यक्तिको जवाफ मन्त्री बडूले दिँदा प्रतिनिधिसभाको बैठकमा फेरि विरोध प्रदर्शन

१३ जेष्ठ २०७९, शुक्रबार १२:२७

एमाले अध्यक्ष केपी ओलीले बिहीबार बसेको बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरीजस्तो भनेरअभिव्यक्ति दिएका थिए ।

ओलीले बिहीबार बसेको बैठकमा दिएको अभिव्यक्तिलाई शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले भ्रष्टाचारको चास्नीमा डुबेकाले अरुलाई पनि सोही देखेको बताएपछि एमालेका सांसदले सो अभिव्यक्ति रेकर्डबाट हटाउन माग राखेर प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूको विरोध विरोध जनाएका हुन् ।

एमालेका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाइरहेका छन् । आयल निगम खारेज गर्न आधा कमिसन खाइसकेको भन्ने एमाले अध्यक्ष ओलीको आरोप पुष्टि गर्न मन्त्री बडूले चुनौती दिएका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई ७६५ मतले पराजित गर्दै तिलोत्तमाको नगर प्रमुख पदमा रामकृष्ण खाँण विजयी भएका छन् ।
रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख पदमा खाँण विजयी भएपछि जनताको सेवक भएर काम गर्ने बताएका छन् । खाँणले आफ्ना एजेन्डालाई मतदाताले सदर गरेको र ती एजेण्डा लागू गर्नका लागि आफू नगरवासीको सेवक भएर काम गर्ने बताए हुन्।