नेकपा एमालेका उम्मेदवार मोहन चापागाईलाई ७६५ मतले पराजित गर्दै तिलोत्तमाको नगर प्रमुख पदमा रामकृष्ण खाँण विजयी भएका छन् ।
रुपन्देहीको तिलोत्तमाको नगर प्रमुख पदमा खाँण विजयी भएपछि जनताको सेवक भएर काम गर्ने बताएका छन् । खाँणले आफ्ना एजेन्डालाई मतदाताले सदर गरेको र ती एजेण्डा लागू गर्नका लागि आफू नगरवासीको सेवक भएर काम गर्ने बताए हुन्।
उनले तिलोत्तमा नगरपालिकालाई देशमै उत्कृष्ट, भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने प्रतिबद्धतालाई सबैको साथ र सहयोग लिएर काम गर्ने बताए । नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सभापति समेत रहेका खाँणले शासकको रूपमा नगरपालिकामा नबस्ने भन्दै उनले जनताकै सेवामा केन्द्रित रहने काम गर्ने प्रतिबद्धता दोहोर्याए ।
निर्वाचन कार्यालयका अनुसार खाँणले २४ हजार ३९६ मत प्राप्त गरी निर्वाचित हुँदा प्रमुख प्रतिद्वन्द्वी एमाले उम्मेदवार चापागाईँले २३ हजार ६३१ मत प्राप्त गरेका छन् त्यस्तै उपप्रमुखमा भने फराकिलो मतान्तर सहित एमाले उम्मेदवार जागेश्वरीदेवी चौधरी विजयी भएकी छिन् । उपप्रमुखमा निर्वाचित चौधरीले २३ हजार ८६ मत प्राप्त गरिन ।
यस्तै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)ले ६१ हजार ७६७ मतका साथ विजयी भएका छन् ।
