काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् । महानगरको मेयरमा निर्वाचित भएको औपचारिक घोषणासँगै बालेन्द्र साह (बालेन) को विजय उत्सव सुरु भएको छ ।
सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्याली भनेका छन् ।
सभागृहबाट सुरु भएको र्याली भद्ररकाली, त्रिपुरेश्वर, माइतीघर,बबरमहल,बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर(तिनकुने,कोटेश्वर, जडीबुटी पुगेर पुनः कोटेश्वर, तिनकुने फर्किएर सिनामंगल,एयर्पोर्टंतिलगंगा,गौशाला, चावहिल,महाराजगंज,सामाखुसी,नयाँ बसपार्क पुग्ने छ ।
र्याली नयाँ बसपार्क पुगेपछि बालाजु,स्वयम्भु हुँदै सितापाइला,कलंकी,बल्खु,कुलेश्वर,कालीकामी,टेकु, त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।
काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट उम्मेदवार बनेका बालेनले लौरो चुनाव चह्न लिएर ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।
