
तल्लो तथा माथिल्लो भोल्टेजको थ्री फेज विद्युत लिनको लागि अनलाइन आवेदन दिन सकिने भएको छ।
नेपाल विद्युत प्राधिकरणले ग्राहकको लागि अनलाइन मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको हो।
प्राधिकरणका अनुसार अब विद्युत प्राधिकरणको वेबसाइटमा गएर आवेदन भर्न सकिन्छ।
आवश्यक कागजात समेत सही स्थानमा अपलोड गर्न सकिने प्राधिकरणले जनाएको छ।
कुन आवेदनमा केही काम भइरहेको समेत जानकारी अनलाइनबाटै लिन सकिने प्राधिकरणले जनाएको छ।
