काठमाडौं महानगरपालिकाको मतगणना जारी छ, अब गन्न २२ हजार ५६४ मत बाँकी छ ।
काठमाडौं महानगर पछिल्लो गणनाअनुसार मेयर पदका स्वतन्त्र उमेदवार बालेन्द्र साह (बालेन)ले ५४ हजार ७१८ मत पाएका छन् । उनको जित निश्चितजस्तै भइसकेको छ ।
नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह ३४ हजार ६०८ मतसहित दोस्रो स्थानमा छिन् । एमालेका उमेदवार केशव स्थापित ३३ हजार ९७५ मतका साथ तेस्रो स्थानमा छन् ।
