रेणु दाहालले पदभार ग्रहण गर्दै दुई वटा महत्वपुर्ण के निर्णय गरिन ?

११ जेष्ठ २०७९, बुधबार १०:१४

भरतपुर महानगरपालिकामा मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् ।

मेयरमा पुनः निर्वाचित दाहालले बुधबार विहान पदभार ग्रहण गरेकी छिन् । पदभार ग्रहण गर्दै दाहालले दुई वटा महत्वपुर्ण निर्णय गरेकी छिन् । उनले दोश्रो कार्यकालको पहिलो निर्णयमा अब भरतपुरमा जन्मिने छोरीलाई निःशुल्क बीमा गरिने तथा दोश्रो निर्णयमा भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क वितण गरिने बताएकी छिन ।

निर्णयमा अब भरतपुरमा जन्मिने छोरीलाई रु एक लाखको बिमा गरिने र त्यसको १५ वर्ष अवधिको हुनेछ । सो समयवधि पछि छोरीले १ लाख रुपैंया पाउनेछिन् । त्यस्तै अर्को निर्णयमा महानगर भित्र ७ हजार लिटर सम्म खानेपानी खपत गर्ने कुनै पनि स्थानियबासीलाई कुनै पनि शुल्क लाग्ने छैन ।

त्यस्तै दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुर्‍याएरै छाड्ने पनि उल्लेख गरेकी छिन् ।