उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय

१० जेष्ठ २०७९, मंगलवार ०९:२४

उदयपुरको त्रियुगा नगरपालिकामा बहुमत दलहरूले पुनः मतदानको माग गरेका छन् ।

त्रियुगा नगरपालिका १२ नम्बर वडामा बहुमत दलहरूले पुनः मतदानको माग गरेका हुन् । बहुमत दलहरूले पुनः मतदानको माग गरे पनि निर्वाचन आयोगले भने मतगणना गर्ने निर्णय गरेको छ।

मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले आजैदेखि मतगणना सुरु गर्ने जानकारी दिए। ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणनाको तयारी गर्दैछौं ।’

त्रियुगा १२ को मतदानमै विवादित भएसँगै मतगणना स्थगित भएको थियो । पुनः मतदान गर्ने भन्दै सूचना टाँसिएको थियो । तर, लामो समय आयोगको निर्णय नआउँदा पुनः मतदान हुने वा मतगणना हुने भन्ने अन्योल थियो ।

माओवादी केन्द्), नेकपा (एस), जसपा र राप्रपालगायतले पुनः मतदानको माग राखेका छन् । एमाले र कांग्रेसले भने मत गणनाका लागि दवाव दिदै आएका थिए ।