जनकपुरधाम उपमहानको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायमै राखेका छन्।
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार साहले १२ हजार २८३ मत प्राप्त गर्दै अग्रता कायमै राखेका हुन्। जनकपुरधाम उपमहानको मेयर पदमा स्वतन्त्र उम्मेदवार शाह नेपाली कांग्रेसका ‘बागी’ उम्मेदवार हुन्।
एमालेका शिवशंकर साहले नौ हजार ३०३, लोसपाका मनोज चौधरीले पाँच हजार १६ र जसपाका लालकिशोर साहले चार हजार ८०६ मत प्राप्त गरेका छन्।
उपमेयरमा नेपाली कांग्रेसका किशोरी साह १४ हजार ८३२ मत सहित अगाडि छन्। एमालेकी रुणादेवी झाले १० हजार ५३४, लोसपाकी रीताकुमारी मिश्रले पाँच हजार २५४ र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले तीन हजार ३४५ मत प्राप्त गरेका छन्।
जनकपुरधामको २५ वडामध्ये अब वडा नम्बर १४ र १५ को मतगणना बाँकी छ। यस्तै भरतपुर महानगरको पछिल्लो परिणामअनुसार गठबन्धनकी साझा उम्म्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।
