धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका छन् ।
विभिन्न राजीितिक दलका उम्मेदवारलाई पराजित गर्दै सुनसरीको धरान उपमहानगरको मेयरमा राई फराकिलो मतान्तरले विजयी भएका हुन् ।
राईले सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका किशोर राईलाई ४ हजार ७ सय ६२ मतले पराजित गर्दै धरान उपमहानगरको मेयरमा विजयी भएका हुन् ।
स्वतन्त्र उम्मेदवार राईले २० हजार ८ सय २१ मत प्राप्त गर्दा गठबन्धनबाट साझा उम्मेदवार बनेका किशोर राईले १६ हजार ५९ मत पाएका थिए ।
यस्तै धरान उपमहानगरको उपमेयरमा गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रबाट आइन्द्रविक्रम बेघा विजयी भएका छन् ।
