भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
७६ हजार ९५ मतगणना सकिदा भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन् ।
महानगर प्रमुखमा एमालेका विजय सुवेदी पाँच हजार ७३३ मतान्तरले माओबादी केन्द्रकी रेनु दाहाल भन्दा पछि परेका छन् ।
दाहालले २९ हजार ४७८ मत प्राप्त गर्दा सुवेदीले २३ हजार ७४५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत प्राप्त गरे ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ मत प्राप्त गरेका छन् भने राप्रपाका हिमला गुरुङले १८ हजार ४०१ मत प्राप्त गरिन् ।
यस्तै पछिल्लो मत परिणाम अनुसार काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहको मत संख्या ३४ हजार नाघेको छ ।
