८१ हजार ७६५ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले कति मत पाए ?

६ जेष्ठ २०७९, शुक्रबार २२:४४

काठमाडौं महानगर मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले शुक्रबार राति प्राप्त मतगणनाको परिणामअनुसार ३० हजार ८५८ मत पाएका छन् ।

गठबन्धन तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना सिंहले १५ हजार ९६० मत पाएकी छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १६ हजार ३३७ मत पाएका छन् । ८१ हजार ७६५ मत गणना हुँदा उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता रहेको छ ।

यस्तै भरतपुर महानगरमा ६१ हजार २५ मत गणना सकिएको छ । शुक्रबार राति ८ बजेको मतपरिणाम अनुसार गठबन्धनबाट मेयर उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहालले २३ हजार १९२ मत पाएकी छन् ।