धादिङ जिल्लाको थाक्रे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।
अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन। आचार्यले १० हजार ३५५ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद विडारीले आठ हजार ११६ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा पाँच दलीय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रबहादुर थापाले एमालेकी अम्बिका रुपाखेतीलाई ३४० मतान्तरले हराउदै उपाध्यक्षमा विजयी भएका हुन् । थापाले नौ हजार ४३१ र उनका प्रतिद्वन्द्वी एमालेकी रुपाखेतीले नौ हजार ९१ मत प्राप्त गरेकी हुन्।
धादिङको दुई नगरपालिका, ११ गाउँपालिका र १०४ वडाको नतिजा आएको छ । कांग्रेसले पालिका प्रमुख सात र उपप्रमुख पाँच, माओवादी केन्द्रले पालिका प्रमुख तीन र उपप्रमुख पाँच, एकीकृत समाजवादीले पालिका प्रमुख एक र उपप्रमुख तीन तथा एमालेले दुई पालिका प्रमुखमा जित हासिल गरेको छ ।
यस्तै, दोलखाको भीमेश्वर नगरपालिकाको मेयरमा कांग्रेसका इश्वर नारायण मानन्धर र उपमेयरमा एमालेकी कमला बस्नेत विजयी भएका छन्। मानन्धरले निकटतम् प्रतिद्नन्दी एमालेका हरिवंश चौलगाईलाई १ हजार ४ सय ४२ मतान्तरले हराउँदै र बस्नेतले समाजवादीकी उम्मेदवार संगीता पाख्रीनलाई ३ सय ४३ मतले पराजित गर्दै विजयी भएका हुन् ।
