आगामी बजेटमा सरकारी खर्च कटौती गरिने

५ जेष्ठ २०७९, बिहीबार ०६:३४

आगामी बजेटमा सरकारले खर्च कटौती गर्ने बताएकाे छ ।  संसदको बजेट माथिको पूर्व तयारी छलफलमा भागलिदै अर्थमन्त्री जनार्दन शर्माले वित्तीय अनुशासन कायम गर्ने, आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्र बजेट प्रस्ताव गर्ने, अनुत्पादक क्षेत्रमा सरकारी खर्च कटौती गरी मितव्ययिता कायम गरिने कुरा बताएका छन् । सरकारले सामाजिक न्याय, ग्रामीण विकासलाई केन्द्रमा राखेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको उने बताए ।

समाजवादउन्मुख अर्थतन्त्र निर्माणलाई प्राथमिकतामा राखेर सरकारले विदेशिएका युवालाई देशभित्रै रोजगारी तथा कृषिको उत्पादन वृद्धि गर्ने लक्ष्यलाई पनि बजेटको केन्द्रमा राख्ने विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा समावेश गरेको मन्त्री शर्माले बताए । प्रतिनिधिसभाको अर्काे बैठक बिहीबार अपराह्न १ बजेका लागि बोलाइएको छ ।