एक हजार बढी वडाअध्यक्ष कांग्रेसले जित्यो, अरु पार्टीको हैसियत के छ त ?

२ जेष्ठ २०७९, सोमबार १३:२८

नेपाली कांग्रेसले स्थानीय तहका एक हजार भन्दा बढी वडाअध्यक्ष जितेको सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार कांग्रेसले एक हजारभन्दा बढी वडामा जितेको छ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सोमबार दिउँसो १२ बजेसम्मको परिणामअनुसार कांग्रेसले १ हजार ९ वडामा विजय हासिल गरेको छ । कांग्रेसले १ सय ४ वडामा अग्रता लिइरहेको छ ।

वडा जित्नेमा एमाले दोस्रो स्थानमा रहेको छ । एमालेका ७ सय ८६ वडाअध्यक्षका उम्मेदवारले जित हासिल गरेका छन् । एमालेका ९३ वडा अध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् ।

नेकपा (माओवादी केन्द्र)ले ४ सय ४० वडामा जित हासिल गरेको छ । उसका ४२ वडाअध्यक्ष उम्मेदवारले अग्रता लिइरहेका छन् । चौथो नम्बरमा एकीकृत समाजवादी रहेको छ । एकीकृत समाजवादीका ६२ वडाध्यक्ष उम्मेदवारले जित हासिल गरेका छन् भने ६ जनाले अग्रता लिइरहेका छन् । अन्य राजनीतिक दल र स्वतन्त्र गरी १ सय ६३ वडाध्यक्षले जित हासिल गरेका छन् भने ४६ जनाले अग्रता लिइरहेका छन् ।