काठमाडौं महानगरमा बालेन दोब्बर मतले अघि

१ जेष्ठ २०७९, आईतवार ०७:११

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले करिब दोब्बर मतको अग्रता लिएका छन्।

४४५३ मत गन्दा उनले १५८७ मत पाएका छन्। नेकपा एमालेका केशव स्थापतिले ८८७ मतसहित उनलाई पछ्याइरहेका छन्।

कांग्रेसकी सिजंना सिंहले ८२२ मत पाएकी छन्।