‘अड लट’मा सेयर कारोबार नगर्न नेप्सेले ब्रोकरलाई सचेत गरायो

२६ बैशाख २०७९, सोमबार १२:०३


पर्याप्त सेयर मौज्दात हुँदा हुँदै अड लटमा सेयर कारोबार गर्ने क्रम बढे पछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले त्यस्तो नगराउन ब्रोकरहरुलाई सचेत गराएको छ।

पछिल्लो समय आईपीओको सेयर कारोबार सुरु भएपछि कारोबार सहज नबन्दासम्म अड लटमा सेयर कारोबार गर्दै मूल्य बढाउने काम भइरहेका बेला नेपाल स्टक एक्सचेञ्जले धितोपत्र कारोबार सञ्चालन विनियमावलीको बर्खिलाप हुनेगरी कारोबार नगर्न नगराउन भनेको हो।