अध्यक्ष नेपाल र प्रधानमन्त्री देउवाबीच भेटवार्तामा के विषयमा छलफल भयो ?

२४ बैशाख २०७९, शनिबार ११:११

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेद्धवारलाई विजयी गराउनेबारे छलफल भएको जनाईएको छ । भेटमा अध्यक्ष नेपालले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनका उम्मेद्धवार विजयी बनाउनुपर्ने र यसको लागि सबैले इमानदारितापूर्वक भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कतिपय ठाउँमा गठबन्धनबीच नै राम्रो सहकार्य नभएको खबर आएको बेला प्रधानमन्त्री देउवा र अध्यक्ष नेपालबीच आज भेटवार्ता भएको हो । गठबन्धनमा आवद्ध दलकै कतिपय नेताहरुले आधिकारिक उम्मेद्धवारको विरुद्धमा उम्मेद्धवारी दिएपछि गठबन्धनका शीर्ष नेताहरु तनावमा छन् ।

यस्तै कांग्रेसका पूराना नेता जगन्नाथ पौडेलले भरतपुरको मेयरमा गठबन्धनकी साझा उम्मेद्धवार रेनु दाहालविरुद्ध उम्मेद्धवारी दिएका छन् ।