एमालेका काठमाडौं महानगरपालिकाका उपमेयरकी उमेदवार सुनिता डंगोलप्रति कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले कटाक्ष गरेका छन् ।
शुक्रबार शान्तिबाटिकामा आयोजित पाँच दलीय गठबन्धनको कार्यक्रममा उनले भने ,“कोही एउटा भर्खरको कलेज पढ्दैको नानी ल्याएर उठाएको छ । कलेज पढ्दैमा नलेज हुँदैन । नलेज हुनलाई जिम्मेवार र व्यवहार हुनुपर्छ । मान्छे कर्मले परिपक्व हुन्छ,” उनले भने ।
उनले एमालेका मेयर उमेदवार केशव स्थापितलाई ‘उदण्ड’को आरोप लगाए । उनले प्रदेशसभामा पनि स्थापित हावादारी व्यक्तिको रुपमा आफूले पाएको दाबी गरे ।
कांग्रेसका वाग्मती प्रदेश सभापति बानियाँले गठबन्धनभन्दा अन्यत्र भोट हाल्ने ठाउँ नै नभएको र गठबन्धनले जिते जनताले न्याय र सेवा पाउने समेत बताए ।
