एमालेसँग कांग्रेसको प्रतिद्वन्द्विता छ: नेता रामचन्द्र पौडेल

२२ बैशाख २०७९, बिहीबार १५:५७

कांग्रेसको प्रतिद्वन्द्विता माओवादीसँग नभएर एमालेसँग भएको कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन्।

भरतपुरमा गठबन्धनले आज आयोजना गरेको सभामा सम्बोधन गर्दै नेता पौडेलले माओवादीसँग कांग्रेसको प्रतिद्वन्द्विता नभएको प्रष्ट पार्दै कांग्रेसको प्रतिद्वन्द्विता एमालेसँग भएको बताएका हुन् ।

एमालेले अस्थिरतातिर लगेको भन्दै स्थिरतातर्फ लैजान गठबन्धनको आवश्यकता रहेको बतादै नेता पौडेलले आफैंले गठबन्धनको आह्वान गरेको स्मरण पनि गरे।

भोलि मिलेर सरकार बनाउनुछ भने आज मिलेरै स्थानीय सरकार किन नबनाउने ? भन्ने प्रश्न समेत नेता पौडेलले गरेका थिए । साथै गठबन्धनलाई पछिसम्मै कायम राख्नु पर्ने पनि बताए ।