नारायण प्रसाद अर्याल २०७४ सालको पहिलो स्थानिय निर्वाचनबाट मालारानी गाउपालिका वडा नम्बर ६ का बिजयी जनप्रतिनिधि हुन, उनी निर्वाचित भै सकेपछी,वडा मा चरम भ्रष्टाचार भएको त्यहाको स्थानिय जनताको आरोप रहेको छ ?
उनी अत्यन्तै व्यक्तिवादी पदिय जिम्मेवारीमा लिप्ट भएका छन, उनी आफै वडा अध्यक्ष, विद्यालय व्यवस्थापन समितीको अध्यक्ष,स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष र आफ्नो अनुकुलको उपभोक्ता समिती गठन गर्ने मा परेका हरेक भवन निर्माण कार्यको र अन्य निर्माण कार्यको स्वयम् आफै ठेकेदार रहि चरम भ्रष्टाचार गरेका आरोप रहेको छ !
वडा भित्रका सबै आधारभुट विद्यालयहरुमा फोटोकपी मेसिन र कम्प्युटर खरिद प्रकरणमा पनि उनिले देखादेख भ्रस्टाचार गरेका छन
जनता आवासको घर निर्माण पनि आफै ठेकेदार गरि चरम भ्रस्टाचार गरेका छन बरहथान खेलमैदानको स्तरोन्नति भन्दै पटकपटक बजेट ल्याई लाखौ भ्रस्टाचार गरेका छन र खेलमैदान ज्युको त्यु रहेको छ, वडा भित्र रहेका हरेक बिकास निर्माणका कार्यमा आफै अध्यक्ष आफै ठेकेदार,आफै डोजर मालिक आफ्नै डोजर प्रयोग गरि चरम भ्रस्टाचार गरेका छन ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत गोरेटो बाटो बिस्तार कार्यमा दैनिक ज्यालादारी लाई ९० दिनको काम नगराई आफुखुसी गराउने , ४० दिन काम गराई ९० दिनको हाजिर गराउने ३ दिन काम गराएर १८ दिनको हाजिर गराउने गरेका छन,१७ दिन काम गराई ४० दिनको हाजिर गराउने गरेका छन अनि दैनिक ज्यालादारीलाई बैक खाता खोल्न लगाउने,चेकमा हस्ताक्षर गराउने र चेक माग्दा किन तपाईलाई चेक दिनु पर्यो भनेर थर्काउने, उनी आफुले मनखुसीले थोरै दिन काम गराउने धेरै दिन काम गरेको चेकमा हस्ताक्षर गराई आफै पैसा निकाल्ने र राती राती दैनिक ज्यालादारीको घरमा गै पैसा बितरण गर्ने र काम गरेको दिनको दिने धेरै दिनको हाजिरको आफुले देखादेख भ्रस्टाचार गर्ने गरेका छन,दैनिक ज्यालादारीहरु भन्छन हामिलाई अति नै अत्याचार भयो अब हामी भ्रष्टाचार र भ्रष्टाचारीको बिरुद्धमा जहाँ उभिएर बोल्न पनि तयार छौ भनेका छन ।
यी चरम भ्रस्टाचार गरि बुटवलमा आफ्नो सिंहदरबार निर्माण गरेका छन, उनको सुख सयल देख्दा लाग्छ उनी नै गणतन्त्रका महाराज हुन ।
उनले राजनितीलाई आफ्नो प्रयोगशाला बनाएको छन उनी पहिला नेपाली काङ्ग्रेस सक्रिय कार्यकर्ता थिए र एमाले कार्यकर्ता बाट स्थानिय निर्वाचन २०५४ सालमा राम्रै संग कुटिएका थिए उनी एमालेका कट्टर बिरोधि थिए र एमालेको बदला लिने दाउमा माओवादी शान्ती प्रक्रियाको क्रममा माओवादी प्रबेश गरि माओवादी बनेका थिए ।
माओवादी बाट नेतृत्व तहमा रहि सामान्य नारायण अर्याल बाट हंसपुर छेत्रको गन्य मान्य को नारायण अर्याल बनेका हुन र उनी पहिलो स्थानीय तहको निर्वाचनमा माओवादी बाट वडा अध्यक्ष भएका हुन माओवादी बाट ठूलो अबसर र आफ्नो पहिचान बनाई कट्टर बिरोधि एमाले संग आफ्नो ब्यक्तिगत स्वार्थ र चरम अबसरको लागि घाँटी जोडन पुगे र उनी एमालेका इमानदार कार्यकर्ता लाई पछाडी पारी नेतृत्व हरुसंग चोचो मोचो मिलाई भर्खरै प्रबेश गरेको एमाले पाटी बाट पुनः वडाको अध्यक्ष पदका उम्मेदवार भएका छन । र जनता माझ एजेन्डा लिएर नगइ खसी बोका कटाउने खुलाउने गर्दै बडो तामझाम सहित अहिलेको एकाइसौ सताब्दीको जनतालाई पनि खसी बोका जसरी किनबेच गर्दै चुनावी रणनीति सहित चुनावी मैदानमा उत्रेका छन ।
