
एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौंको महाराजगञ्जस्थित महाराजगञ्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटि क्लिनिकमा विशेष छुट हुने भएको छ।
क्लिनिकमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याव एण्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेष्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टरबीच समझदारी भएको छ।
सो सम्बन्धी समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरे।
समझदारी अनुसार यस बैंकका ग्राहकहरूले सेवा लिएवापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो।
बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटु लगायतमा विशेषज्ञ सेवाहरु तथा सेन्टरबाट हेमाटोलोजी, माइक्रोबायोलोजी, हिस्टोप्याथोलोजी, इमुनो यासे, सिटोप्याथोलोजी, एफएनएसी, म्युनोफ्लोरोसेन्स, अटो इम्युन प्यानल, फ्लो सिटोमेट्री, र किड्नी स्टोन एनालाइसिस (एफटी–आईआर टेक्नोलोजी) परीक्षणहरू गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ।
