मोरङका व्यवसायीको आन्दोलन स्थगित

२१ बैशाख २०७९, बुधबार ०५:४६

औद्योगिक क्षेत्रमा अघोषित विद्युत कटौती भएको भन्दै आन्दोलनको घोषणा गरेका मोरङका व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

मोरङ व्यापार संघ तथा नेपाल उद्योग परिसंघ प्रदेश १ ले संयुक्त विज्ञप्ति प्रकाशित गरी चरणबद्ध गर्ने भनिएको आन्दोलन हाललाई स्थगित गरिएको जानकारी गराएका हुन्।

नेपाल विद्युत प्राधिकरणले वर्तमान संकटग्रस्त अवस्थामा उर्जाको समान वितरण गरी काममा अवरोध सिर्जना हुन नदिने प्रतिवद्धता जाहेर गरेपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको ती संगठनले जनाएका छन्।