एमाले पार्टी राम्रो भएर एमालेमा प्रवेश गर्नेको लहर छ: ओली

२० बैशाख २०७९, मंगलवार १३:३६

एमालेमा पार्टी प्रवेश गर्नहरुको लहर जागेको एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

अध्यक्ष ओलीले इलाममा आयोजित कार्यक्रममा बोल्दै आफु जहाँ गयो त्यहींका जनप्रतिनिधि एमालेमा प्रवेश गर्न लागेको बताए हुन् । म जहाँ गयो त्यहींका मेयर, गाउँपालिका प्रमुख, एमालेमा प्रवेश गरिरहेका छन् ।

उनीहरूको पार्टीले राम्रो गरेको भए किन एमाले प्रवेश गर्नेथिए ? अहिले पार्टी प्रवेशको लहर नै लागेको छ, अध्यक्ष ओलीले भने । विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्नेहरू बुझेर नै आएको बताए । तपाईहरू अरु पार्टी परित्याग गरेर आउनुभएको छ । तपाईहरू बुझेरे नै आउनुभएको छ । तपाईको चेतनालाई म सलाम भन्न चाहन्छु,ओलीले भने ।

अध्यक्ष ओलीले नेताहरुको कारणले भन्दा पनि कार्यकर्ताहरुको कारणले एमाले बलियो भएको खुल्लासा गरेका छन् ।