नायक भुवन केसी , नायिका श्वेता खड्का र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बैशाख २० गते मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् । काँग्रेस प्रवेश गरेका उनीहरुलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।
अभिनेता निर शाह लगायतले काँग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको उनीरुले बताइएको छ । अभिनेता केसी यसअघि एमालेमा संलग्न रहेपनि निष्क्रिय जस्तै थिए । उनलाई स्थानीय निर्वाचनको मुखमा स्वागत नेपाल नेतृत्वको पार्टीले काठमाडौं महानगरपालिकाको मेयरका रुपमा अघि सारे पनि पछि अस्वीकार गरेका थिए ।
