एमालेको सरकारले लोकतन्त्रलाई नष्ट गर्ने चेष्टा गरेकाले त्यसको विरुद्धमा गठबन्धन गर्नु पर्‍यो: वरिष्ठ नेता राई

१९ बैशाख २०७९, सोमबार १५:३४

पाँच दलीय गठबन्धन ओली नेतृत्वको सरकारले बारम्बार – बारम्बार प्रतिनिधिसभा विघटन गरेकाले संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धन आवश्यक भएको नेताहरुले बताएका छन् ।

गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनामोर्चा स्थानीय तह निर्वाचनमा पनि चुनावी तालमेल गरिरहेका छन् । गठबन्धनमा आबद्ध सत्तारुढ पाँच दलले यो गठबन्धनलाई संघीय निर्वाचन सम्मै पुर्‍याउने प्रयासमा छन् ।

जसपाका वरिष्ठ नेता अशोक राइले जित्ने जस्तो क्षेत्रमा उम्मेदवारहरुको प्रतिस्पर्धा भएको र जित्न कठिन भएका क्षेत्रमा उम्मेदवारहरु बीच प्रतिस्पर्धा नभएको बताएका छन् । नेता राइले उम्मेदवारको सन्र्धभमा पाँच वर्षदेखि यो निर्वाचनमा उम्मेदवार बन्न तयार भउर बसेको अवस्थामा उम्मेदवार बन्ने अधिकार पार्टीले खोस्न नमिल्ने उनले बताए ।

जसपा पार्टीले गठबन्धन मात्र नभएर चुनावी प्रणाली नै गलत भएको मान्यता राखेको नेता राइको भनाइ छ । नेकपा एमालेको सरकारले गैरसंविधानिक ढ्रंगले दुई–दुई चोटी संसद भंग गरेर लोकतन्त्रलाई नष्ट गर्ने चेष्टा गरेर व्यवस्थालाई उल्टाउने कोसिस गरेकाले त्यसको विरुद्धमा गठबन्धन गर्न परेको नेता राइले बताए ।