आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरु ८ हजार ३३ जनाले मनोनयन फिर्ता लिएका छन्।
वडा अध्यक्षले सबैभन्दा बढी र नगरपालिकाको उपप्रमुख पदमा सबैभन्दा कमले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले प्रशोधन गरेको प्रारम्भिक तथ्यांक देखाएको छ ।
२ सय ८० जना गाउँपालिका अध्यक्ष, २ सय २५ जना गाउँपालिका उपाध्यक्ष, २ सय ६८ नगरपालिका प्रमुख, २ सय ४ नगरपालिका उपप्रमुख र २ हजार ८ सय ३७ जना वडाध्यक्षले मनोनयन फिर्ता लिएको आयोगले जनाएको छ।
यस्तै दलित महिला सदस्य ६ सय ७७, महिला सदस्य ९ सय ७२ र वडा सदस्य २ हजार ५ सय ७० जना गरी कूल ८ हजार ३३ ले उम्मेदवारी फिर्चा लिएको आयोगले जनाएको छ।
