बाँदर धपाउने एजेण्डा सहित दिलिप खाँण र कृष्ण खाँण मेयरका प्रत्यासी

१८ बैशाख २०७९, आईतवार १३:०८

आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले आ–आफ्ना एजेण्डा बोकेर चुनावी प्रचारप्रसार गर्दै जनताका घर दैलोमा पुगेका छन् ।

यस्तै स्याङजा वालिङ नगरपालिकाका मेयरका प्रत्यासी कांग्रेस उम्मेदवार दिलिप खाँण तथा नेकपा एमालेका उम्मेदवार कृष्ण खाँण दुवैले बाँदर नियन्त्रणलाई एउटा चुनावी एजेन्डा बनाएका छन् । शुरूशुरू बन्दुक पड्काएको जस्तो आवाजले बाँदर भागेपनि अहिले भने बाँदरले टेर्न छाडेकाले नयाँ विकल्पको खोजी शुरू भएको छ ।

स्याङजा वालिङ नगरपालिका नेपालमा प्रस्तावित भए मध्येका एक स्मार्ट सिटी हो । केही वर्ष पहिले निवर्तमान मेयर दिलिपप्रताप खाँणको पहलमा बाँदर धपाउने साधान बनाएर वितरण भएपनि त्यो दिगो साधान भने भएन ।

वालिङको ठूलो सामाजिक समस्याको रूपमा बाँदर रहेकाले यसलाई चुनावी एजेण्डा बनाएको एमालेबाट मेयरका प्रत्यासी कृष्ण खाँणले बताए ।