भरतपुर मेयर उम्मेदवार पौडेलले रुखको सट्टामा सानो रुख चुनाव चिन्ह पाए

१७ बैशाख २०७९, शनिबार १७:१८

भरतपुरस्थित विपी कोइरालको क्यान्सर अस्पतालमा रहेको विपी कोइरालको शालिकमा माल्यार्पण गरेर भरतपुर महानगरपालिका मेयरका उम्मेदवार जगन्नाथ पौडेलले चुनावी प्रचार शुरु गरेका छन् ।

भरतपुर महानगरपालिकाको उम्मेदवार पौडेलले निर्वाचन आयोगले चुनाव चिन्ह भइकटहर दिएपछि चुनावी अभियान प्रचार प्रसारलाई २९ वटै वडामा तीब्र पारेको बताएका छन् ।

चुनाव चिन्ह पाएसँगै नेता पौडेल आफूले कांग्रेसका उम्मेदवार र चुनाव चिन्ह रुखको विरुद्धमा बागी नदिएको भन्दै कांग्रेस बचाउने अभियानमा रहेको बताएका छन् ।

‘रुखको सट्टामा सानो रुख चुनाव चिन्ह पाएका छौं, यो पनि बोट विरुवा नै हो’ पौडेलले भने, ‘यो धेरै रोगको निको हुने औषधीय गुण भएको फलफूल हो । मेयरका उम्मेदवार पौडेललाई फकाउन गृहमन्त्रीसमेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले भरतपुर पठाएका थिए ।तर उनीहरूले पौडेललाई फकाउन सकेनन् ।

उनको उम्मेदवारी कायम भएको छ । मेयरका उमेदवार पौडेलसँगै उनका प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई कांग्रेसले साधारण सदस्यसमेतबाट निष्काशन गरेको छ ।