अर्घातोषमा माओवादी कार्यकर्तामाथि सङ्घातिक हमला !

१६ बैशाख २०७९, शुक्रबार १७:०६

अर्घाखाँचीको छत्रदेव गाउँपालिका स्थित अर्घातोसमा सङ्घातिक हमला भएको छ ।

संयुक्त गठबंधन भित्रको माओवादी केन्द्रका कार्यकर्तामाथि बिहीबार सांघातिक हमला भएको हो ।

एमालेका कार्यकर्ताहरुले चुनावी अभियानका क्रममा माओवादी कार्यकर्तामाथि हमला गर्दा केही नेता तथा कार्यकर्ता घाइते भएको माओवादी केन्द्र अर्घाखाँचीका नेताहरुले बताएका छन ।

माओवादीका नेताहरुले गैरराजनीतिक हर्कत गर्ने उक्त घटनाका दोषि पत्तालगाई कडा कारबाहीको माग समेत गरेका छन ।