गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका माओवादीका नेता किन एमालेमा प्रवेश गरे ?

१६ बैशाख २०७९, शुक्रबार १२:१२

गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका एक नेता नेकपा एमालेमा प्रवेश गरेका छन्।

तेन्जिङ छेसाङ तामाङ रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षको माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी विहीबार एमालेमा प्रवेश गरेका हुन्।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तामाङले माओवादी केन्द्रबाट गाउँपालिकाको अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका उनी माओवादीको गाउँपालिका इन्चार्ज समेतरहेका थिए।

माओवादी केन्द्र रसुवाका जिल्ला कमिटी कान्छा तामाङ र नेकपा माओवादी केन्द्र रसुवाकै गोसाईकुण्ड गाउँपालिका वडा नं.५ का वडा अध्यक्षका उम्मेदवार छोङी तामाङ पनि एमालेमा प्रवेश गरेको गोसाइकुण्ड गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं एमालेबाटअध्यक्षका उम्मेदवार कैसाङ नुर्बु तामाङले जानकारी दिए।

आसन्न स्थानीय तह निर्वाचन नजिकिदै गर्दा सबै उम्मेदवारीहरु प्रचार प्रसार गर्दै भोट माग्न व्यस्त रहेका छन् ।