बाँकेका दुईवटा पालिकामा एमालेले महिलालाई प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेले बाँकेका आठवटा पालिकामध्ये नरैनापुर र डुडुवा गाउँपालिकामा महिलालाई अध्यक्षमा उठाएको हो।
नरैनापुरको अध्यक्षमा उम्मेदवारी दिएकी पदमावती यादव नेकपा एमालेका केन्द्रीय सदस्य स्व.दिनेशचन्द्र यादवकी श्रीमती हुन्। यस्तै डुडुवा गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी बनेकी सरोजकुमारी यादव प्रदेश सांसद विजय यादवकी श्रीमती हुन्।
उक्त दुई वटै गाउँपालिकामा जनता समाजवादी पार्टी र नेपाली कांग्रेसले प्रमुखमा पुरुष र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाएका छन्। दुई पालिकाबाहेक अन्यमा महिलाको प्रमुखमा उम्मेदवारी परेको छैन।
नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन गरेका कांग्रेस र जसपाले मेयर र उपमेयरमा पुरुषको उम्मेदवारी दर्ता गरेका छन्।
