कांग्रेसको चुनावी घोषणापत्रमाथि एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीबारे कांग्रेसले जवाफ दिने भएको छ ।
आज दिउँसो १ बजे बत्तिसपुतलीमा आयोजित निर्वाचन अभियान सम्बन्धी कार्यक्रममार्फत् कांग्रेसका महामन्त्री एवम् निर्वाचन घोषणापत्रका संयोजक गगनकुमार थापाले जवाफ दिन लागेका हुन् ।
अनुपम फुडल्याण्डमा ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रम आयोजना गरिएको छ । यही कार्यक्रममार्फत् थापाले ओलीको अभिव्यक्तिको जवाफ दिने नेपाली कांग्रेसले जनाएको छ ।
मंगलबार आयोजित एक सार्वजनिक कार्यक्रममा कांग्रेसको चुनावी घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेर एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना गरेका थिए ।
