नेकपा (माओवादी केन्द्र) अर्घाखाँची सन्धिखर्क नगरपालिका ४ को वडा अध्यक्षमा मान बहादुर सुनारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
यस्तै सदस्यहरुमा उक्त वडामा सदस्य खुलातर्फबाट कृष्ण कुमार श्रेष्ठ र सुनिल नेपाली, सदस्य महिलातर्फबाट कृष्णा बस्नेत र सदस्य दलित तर्फबाट हिमा नेपालीले उम्मेदवारी मनोनयन गरेका छन् ।
वडा अध्यक्ष सहितको प्यानलले निम्न प्रतिबद्धता जनाएका छन्
१.असारे विकासको अन्त्य ।
२. गरिब तथा विपन्नको पहिचान गरी राहतको व्यवस्था ।
३. अनुत्पादक क्षेत्रमा लगानीको अन्त्य ।
४. सबै टोलमा एम्बुलेस र दमकल जाने सडकलाई प्राथमिकता ।
५. गरीब तथा विपन्नको लागि उपचार कोषको व्यवस्था ।
६. प्रत्येक घरमा ५००० ली को सिँचाई टंकीको माथिल्लो निकायमा पहल ।
७. व्यवसायिक कृषकलाई प्रोत्साहन ।
८. बाँजो जमिनलाई हरा भरा बनाउन पहल ।
९. घाँसका विरुवा वितरण ।
१०. वडाका प्रशासनीयक खर्चमा मितव्ययीता ।
११. शहरको झल्को दिने गरी मियां गाउँ, दुनीपोखरा, भण्डारी पोखरा नाङ्गेठांटी, माझहटिया र रानीपोखरामा सिटी लाइट ।
१२. गाउँमै बसु बसु जस्तो लाग्ने गरी वडाको विकासमा पहल ।
१३. सबै विद्यालयमा १ देखि ३ सम्म अंग्रेजी माध्मयबाट शिक्षा ।
१४. प्रत्येक सामुदायिक वनसंग समन्वय गरी १ क्षेत्र १००० वृक्षारोपण ।
१५. खानेपानी तथा सिँचाई को लागि लिफटीङको पहल ।
१६. सबै नागरिकलाई समान व्यावहार ।
१७. कृषकले उत्पादन गरेको उपज बिक्री नभएमा वडाले जिम्मा लिने ।
