भोजपुरमा एमाले र माओवादी केन्द्रले तालमेल गरी उम्मेदवारी दर्ता

१३ बैशाख २०७९, मंगलवार १४:१३

गठबन्धन भित्रका दलहरुबीच भोजपुरको षडानन्द नगरपालिकामा वैरभाव सुरु भएको छ ।

गठबन्धनको तर्फबाट टिकट नपाएपछि वडास्तरबाटै वैरभाव सुरु भएको हो । गठबन्धन भित्रका दलहरुबीच वैरभाव सुरु भएपछि गठबन्धनको निर्णयविपरीत दुईवटा वडामा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् । वडा ९ र १३ मा एमाले र माओवादी बीच तालमेल भएको एमाले प्रदेश कमिटी सदस्य तथा एमालेबाट मेयर पदका उम्मेदवार सुरेन्द्र उदासले जानकारी दिए ।

माओवादी केन्द्रका नगर कमिटीका सदस्य रहेका शेखर तामाङ वडा ९ बाट र ओमकुमार श्रेष्ठ वडा १३ बाट सूर्य चिन्हमा चुनाव लड्ने भएका छन् ।

गठबन्धन भित्रका दलहरुबीच वैरभाव सुरु भएपछि दुईवटा वडामा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवारी दर्ता गएका छन् ।