मझुवागढी नगरपालिकाको मेयर उम्मेदवारका लागि टिकट पाएका धर्मराज पोखरेलको टिकट खोसेको छ।
केन्द्रीय सभापति शेरबहादुर देउवाले पोखरेललाई मेयरका लागि दिएको टिकट खोसेर अर्कैलाई उम्मेदवार बनाएका छन्। पोखरेलले खोटाङस्थित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको मेयर उम्मेदवार हुन टिकट पाएका थिए ।
मेयरको टिकट पाएपछि पोखरेल हेलिकप्टर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए। तर उनलाई असन्तुष्ट कांग्रेस कार्यकर्ताले नै कुटपिट गरेका थिए। प्रहरी र मानव अधिकारकर्मीले उनलाई पार्टी कार्यालय र मुख्य निर्वाचन अधिकृत कार्यालय पुर्याएका थिए।
प्रदेश नम्बर १ पार्टी संसदीय समितिका सभापति उद्धव थापालेथापाले पोखरेललाई मेयरको टिकट दिएपछि विवाद भएको थियो । विवाद भएपछि केन्दिय सभापति देउवाले पोखरेललको टिकट खोसेर भट्टराईला मेयरको उम्मेदवारी बनाएका थिए ।
सभापति शेरबहादुर देउवाले पोखरेलको टिकट खोसेर दिक्तेल रूपाकोट मझुवागढीको मेयर उम्मेदवार तीर्थराज भट्टराई भएको पत्र निर्वाचन अधिकृत कार्यालयमा पठाएका थिए।
